२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

प्रभु बैंकको ६ लाख १ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१० असार, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

जसमा संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता सेयर छन्।

उक्त सेयमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैंकाे बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिद गर्न कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : June 25, 2023 at 12:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/