६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आइतबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१० असार, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १० असार २०८०, आईतवार ११:०९