२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिवद्ध छुः मन्त्री किराती

९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, नागरिकलाई धोका दिने कुरा सोच्नै नसक्ने बताएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सवलाई सम्बोधन गर्दै, उनले मन्त्रालयमा आफुलाई सुविधाको अफर आउने गरेको तर देश र जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिवद्ध रहेर आफूले काम गरिरहेको दाबी गरे ।

उनले भने, ‘आज म सरकारको सदस्य हुँ सरकारको सदस्य त्यो मन्त्रीको कुर्सिमा बसिरहँदा सुविधाको अफर आउँदा म सम्झिन्छु । मेरो प्रधानमन्त्रीको अनुहार, जनता , शहीद घाईते वेपत्तालाई सम्झेर यो देश र जनतालाई धोका दिनुहुन्न भनेर प्रतिवद्ध छु ।’

उनले साहित्यको क्षेत्रबाट सुशासनको पक्षमा ,भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमा योगदानका लागि अपिल गरे । जहिले सम्म समाजमा विभेद भईरहन्छ तब सम्म समाज समृद्ध नहुँने उनको भनाई छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १५:५०