२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

थ्रीस्टार हाइड्रोपावरको आईपीओमा करिब ११ लाखको आवेदन, कतिले पाउछन् सेयर ?

९ असार, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म करिब ११ लाखको आवेदन परेको छ । कम्पनीले असार ५ गतेदेखि हिजाे असार ८ गतेसम्म निष्काशन  गरेकाे आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेकाे हाे ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझसम्ममा कम्पनीकाे आईपीओमा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता सेयरको लागि आवेदन परेको हो । जुन मागभन्दा १९.५५ गुणाले बढी हो।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ।  गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : June 24, 2023 at 2:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/