२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सामाजिक सञ्जालमा तल्लो स्तरमा उत्रेर टिका टिप्पणी नर्गन समर्थकलाई रविको आग्रह

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले समर्थकहरुले सामाजिक सञ्जालमा तल्लो स्तरमा उत्रेर टिका टिप्पणी नर्गन सर्मथकलाई आग्रह गरेका छन् ।

शनिवार धादिङ काठमाडौं सम्पर्क विभागले गरेको अन्र्तक्रिया कार्यक्रममा लामिछानेले, पार्टीका नेताविरुद्ध गरिएका गाली गलौचविरुद्ध सामाजिक सञ्जालमा नराम्रो टिकाटिप्पणी गर्दा पार्टीलाई नै असर पर्ने भन्दै उनले रचनात्मक र संयमित बन्न आग्रह गरेका हुन् ।

‘कसैले मलाई गाली गर्यो भन्दैमा तपाईंले पीर मान्न पर्दैन म गाली गर्नैै नहुने मान्छे होइन् । राजनीतिमा आइसकेपछी गाली र ताली सहनुपर्छ, तर म र मेरा पार्टीका नेतालाई कसैले गाली गर्यो भन्दैमा तपाईंहरुले जाईलाग्न जरुरी छैन ।’

सर्मथकहरुले सामाजिक सञ्जालमा आफ्ना पार्टीका नेता विरुद्धमा गरिएका टिकाटिप्पणीलाई लिएर तल्लो स्तरमा झरेर जाइलाग्न नहुने बताएका उनले इमान्दार र रचनात्मक बन्न सुझाव दिए ।

उनले भने ‘हामीमाथी हाम्रा समर्थकहरु असहिष्णु छन् भनेर एकदमै धेरै आरोपहरु लगेका छन् । अब त्यो आरोपहरु खपेर बस्न सकिदैन् । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया र समर्थन गर्ने तपाईं साथीहरुसँग मैले नगरे कसका अगाडि गर्ने ? यति बिन्ती तपाईंका अगाडि नगरे कसका अगाडि गर्ने ? पार्टी सभापतिको हिसावले तपाईहरुलाई अनुरोध छ, हामीले घृणा फैलाउने होइन, हामी विरुद्धका आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।’

उनले इमानमा आफ्ना नेता रहेसम्म उनीहरुलाई समर्थन र बचाउनुपर्ने भन्दै आइलाग्ने माथि तल्लो स्तरमा गएर जाइलाग्ने भन्दा पनि शिष्ट र सभ्य आलोचकको रुपमा उदाहरण बन्न सामाजिक सञ्जालका समर्थकहरुलाई आग्रह गरे । त्यस्तै, उनले पार्टीले छ महिनाको छोटो अवधिमै राम्रो समर्थन (२१) सिट सहित नेतृत्व गरिरहेको भन्दै आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरि सगरमाथा चढ्ने तयारीमा जुट्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १४:१५