२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बजेट कसैको व्यक्तिगत सम्पत्ति होईन्, समान रुपमा वितरण हुनुपर्छः उपाध्यक्ष अर्याल

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्यालले अर्थमन्त्रीले ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

धादिङ्ग काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रममा उनले अर्थमन्त्रीले ३ वटा जिल्लामा ४७ प्रतिशत र ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट राखेर ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको बताए ।

उनले भने, ‘धादिङलाई सडक, शिक्षा र रोजगारमा पछाडि पारिएको छ । ९८ वटा बुदाँमा २४.३७ प्रतिशत एक्ऐलमा राखेर तानेको छ । ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम हाम्रो अर्थमन्त्रीले गर्नुभएको छ । ३ वटा जिल्लामा ४७ प्रतिशत अनि ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट बाड्नु भएको छ । अपराधको पनि सिमा हुन्छ। हिजो मात्रै पनि सदनमा भनिएको छ । यसरी देश चल्दैन् ।’

उपाध्यक्ष अर्यालले बजेट कुनै मन्त्री, सांसद र नेताको सम्पत्ति नभएको भन्दै सबै स्थानमा समान रुपमा बाड्नु पर्ने बताए । उनले भने, ‘बजेट कसैको परिवारको घरको सम्पत्ति होईन्, कुनै नेता कुनै मन्त्री कुनै सांसदको होईन । यो भाष्य परिवर्तन गर्नु पर्छ । कुनै मन्त्रीले मैले हालेको भन्छ भने उसले अपराध गरेको हो । आफ्नो ठाँउमा मात्रै बजेट हालेर, सबैलाई मिलाएर बजेट पार्नुपर्छ । ’

उनले अपराध नै अपराध भएको स्थानमा इमान्दार भएर काम गर्नु चुनौतीको विषय भएपनि इमान्दार भएर आफ्नो काम गर्ने बताए । रास्वपाले हतियार उठाउनु, समाजमा नागरिकको अहित हुने काम नगरेपनि कोही व्यक्तिहरुको लागि हाम्रो उपस्थिति असहज भएको उल्लेख गरे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १४:०६