२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नागरिकता विधेयक सदनमा ल्याएर छलफल चलाउन सांसद प्रेम सुवालको आग्रह

८ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयक नयाँ राष्ट्रपतिलाई प्रमाणीकरणको लागि पुनःअनुरोध गर्ने संवैधानिक र कानूनी व्यवस्थान भएको तर्क पेश गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रमाणीकरणको लागि अनुरोध गर्ने व्यवस्था नभएको भन्दै प्रधानमन्त्रीले अनुरोध र्फिता लिएर नागरिकता विधेयकलाई सदनमा ल्याउन जरुरी भएको बताए ।

उनले भने, अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयक निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसदलाई छलेर मन्त्रिपरिष्दबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । प्रधानमन्त्री त्यो अनुरोध र्फिता हुन जरुरी छ र संसदमा नागरिकता विधेयक ल्याउन जरुरी छ ।

सांसद सुवालले नागरिकता प्राप्त गर्नको लागि आमा बुबा दुवै नेपाली हुनु आवश्यक भएको भन्दै नेपालमा मजदुर तथा किसानी वर्गको आधारमा राजनीतिक पार्टी स्थापना हुन आवश्यक भएको बताए ।

उनले भने,वंशजको आधारमा नेपाली नागरिकता पाउन आमा र बुबा दुवै वंशजको आधारमा नेपाली नागरिक हुनु पर्ने कानुनी व्यवस्था हुन जरुरी छ । नेपालभित्रै स्वच्छ र भयरहित निर्वाचन भईरहेको छैन । नेपालमा मजदुर किसान र कामदार वर्गको आधारमा स्थापना भएको राजनीतिक पार्टी जरुरी छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १३:३४