२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मधेश प्रदेशमा बजेट कम भयो भन्ने आरोपमा कुनै सत्यता छैन्ः प्रधानमन्त्री

८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बजेट कम भयो भन्ने आरोपमा साँचो नभएको बताएका छन् ।शुक्रवार संघीय संसदमा बसेको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा सांसद अमरेश कुमार सिहंको प्रश्नमा प्रधानमन्त्री दाहालले १५ प्रतिशत बढी रकम मधेश प्रदेशमा गएको बताए ।

उनले भने ‘ मधेश प्रदेशमा कम बजेट भयो भन्ने कुरा साँचो हैन । संघीयताको मर्म अनुरुप संघबाट प्रदेश स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेश प्रदेशमा नै जाने गरेको छ । यसका अतिरिक्त संघबाट संञ्चालन हुने पूर्व पश्चिम राजमार्ग पथलैया बीरगञ्ज कोरिडोर चन्द्रपुर गौर राजमार्ग हुलाकी राजमार्ग सुनकोशी मरिन डाईभर्सन बागमती कमला चन्द्रनहर लगायतका सिँचाई आयोजना विभिन्न औधोगिक पुर्वाधार तथा व्यापारिक पुर्वधार आयोजनाहरु तराई मधेशलाई लक्षित गरेर नै अगाडि बढेको छ । ’

प्रकाशित मिति : 12:11