१५ पुष २०८२, मंगलवार | Wed Dec 31 2025

लोकल बन्दा प्रतिकेजी १० रुपैयाँ, आज कति छ अन्य फलफूल तथा तरकारीको मूल्य ?

८ असार, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ,रातो आलु ४२ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ८० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ,प्याज सुकेको ४८ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ८०,मकै बोडी ५०,लोकल घिउ सिमी लोकल ६०, राजमा सिमी ७०,भटमास कोशा १००,मटरकोशा १८०,तितो करेला ६०,लौका ५०,परवल लोकल ५०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला ५०,भिण्डी ८०, स्कूस ५०, कन्यच्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ८०,तोफु १००,लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

तोरीको साग ३० हरियो लसुन ११०, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो ७०,मादह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउ फूजी ३००,आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००,जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ०९:५९