नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी
७ कात्तिक, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन ।

यसअघि प्रवक्ता रहेका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएर महानगरिय अायुक्तको कार्यालयमा जिम्मेवारी पाएका छन ।
प्रकाशित मिति : 14:34









