३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

प्रचण्ड र बाबुरामविरुद्ध मुद्दा दायर गरेपछि पूर्व बाल लडाकुलाई ज्यान मार्ने धम्की !

६ असार, काठमाडौं । पूर्व बाल लडाकुको समूहले आफुहरुको शान्ति सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबाट ज्यान मार्ने धम्की आएको भन्दै आयोगमा निवेदन दर्ता गराएका हुन् ।

निवेदन दर्ता पछि अयोग्य बाल लडाकु घोषित लेनिन विष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको भनेर धाक धम्की दिई मानसिक यातना दिएको बताए । उनले आफ्नो र परिवारको समेत जिउ धन र स्वतन्त्रताको रक्षा गरी पाउँ भनेर निदेनमा उल्लेख गरेको जानकारी दिए ।

उनले भने,‘हामी जनयुद्धमा प्रयोग भएमा बाल सेनाहरुलाई युद्धको नतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायतले सर्वोच्च अदालतमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको भनेर धाक धम्की दिई ज्यानै लिने मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने गरेकोले हाम्रो र परिवारको जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाउँ ।’

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १५:१९