६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

५ असार, धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

याेसँगै दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । दुर्घटनामा गम्भीर घाइते भएकी मन्त्री सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍हाे । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १८:०८