११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सेवाग्राहीलार्इ दिक्क हुन नदिन जिल्ला प्रशासन कार्यालय चितवनमा ‘फ्री वाइफाइ’

७ कात्तिक, काठमाडाैँ । नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् । कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको अाजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा समाचार प्रकाशित भएको छ ।

‘नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ ।’ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘कुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।’ उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् ।

प्रकाशित मिति : October 24, 2018 at 7:30 am