नेप्सेमा एक कम्पनीकाे आईपीओ सूचिकृत, कति छ ओपनिङ रेन्ज ?
४ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचिकृत भएकाे छ । नेप्सेमा कम्पनीकाे ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएकाे हाे ।
नेप्सेले कम्पनीकाे आईपीओलाई दाेश्राे बजारमा पहिलाे काराेबारका लागि न्यूनतम ९७ रूपैयाँ २९ पैसादेखि अधिकतम २ सय ९१ रूपैयाँ ८७ पैसा ओपनिङ्ग रेञ्ज दिएकाे छ । कम्पनीले नेप्सेमा काराेबारका लागि IHL सिम्बाेल पाएकाे छ । अब भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच किनबेच भयाे भने नियमित समयका लागि कारोबारमा आउनेछ।
प्रकाशित मिति : 12:51









