१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

जिम्बावेविरुद्ध शतक पूरा गर्न एक रनले चुके कुशल

३ असार, काठमाडौं । विश्वकप छनोट अन्तर्गत जारी खेलमा जिम्बावेविरुद्ध ओपनर कुशल भुर्तेल शतक प्रहार गर्न एक रनले चुकेका छन् ।जिम्बावेस्थित हरारे मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कुशलले ९५ बल सामना गर्दै १३ चौका र २ छक्काको मद्दतमा ९९ रन जोडेका हुन् ।

नेपालका लागि ३९औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका कुशलले जारी खेलमा पहिलो अर्धशतक पुरा गरेपनि ओडिआईको दोस्रो शतक बनाउनबाट एक रनले पछि परे ।

त्यस्तै आसिफ शेखलेविश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । अहिलेसम्म नेपालले ३३ ओभरको समाप्तिमा १ विकेट गुमाई १ सय ७३ रन बनाएको छ ।

प्रकाशित मिति : June 18, 2023 at 3:02 pm