२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रदेशको नामको सट्टा अंक लेखेकोमा एमालेको विरोध, कार्यसूचीबाट हट्यो पर्यटन मन्त्रालयको बजेटमाथिको छलफल

३ असार, काठमाडाैं । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाए। सचेतक बर्ताैलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे स्पष्ट पार्न समय दिएका थिए ।

बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए। तर सचेतक बर्ताैलाले सो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढन् नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट उक्त मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : June 18, 2023 at 1:55 pm