२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नेपाली कांग्रेसका नेता केदार मानन्धर नेकपा (एमाले) प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

२ असार, काठमाडाैँ । नेपाली कांग्रेसका नेता केदार मानन्धर नेकपा (एमाले)मा प्रवेश गरेका छन । शनिबार एमाले मुख्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा सहकारी अभियन्ता समेत रहेका मानन्धर एमाले प्रवेश गरेका हुन ।

मानन्धरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । मानन्धरको तीन दशक भन्दा लामो राजनीतिक इतिहास रहेको बताइएको छ । उनी नागार्जुन नगरपालिकाका स्थायी बासिन्दा हुन ।

आन्तरिक विवादले २०४७ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेले गुमाएको नागार्जुन नगरपालिकामा भोलिका नेतृत्वका लागि मानन्धर प्रवेश गरेको बुझिएको छ । साझा चरित्रको संस्थाहरूमा लामो समय काम गरेका कारण मानन्धर कांग्रेस नेता भन्दा बढी समाजसेवीका रूपमा परिचित रहेका छन ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार १७:४७