२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

यो गठबन्धन रहेसम्म प्राज्ञिक थलोमा हमला भैरहने भोः अच्युत मैनाली

१ असार, काठमाडौँ । नेकपा एमालेका सांसद अच्युत मैनालीले विगत केहि दिन एता प्राज्ञिक थलोमा भएको हमलाविरुद्ध संसदमा प्रश्न उठाएका छन । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शैक्षिक संस्थामा निरन्तर भैरहेको महलाका बारेमा आवाज उठाएका हुन ।

मैनालीले घटनाको विवरण प्रस्तुत गर्दै दोषिलाई कारवार्ही नभएकोमा चिन्ता ब्यक्त गर्दै गठबन्धन सरकार रहेसम्म प्राज्ञिक थलामो शान्त वातावरण नहुने, प्राज्ञिक स्वतन्त्रता नहुने, बौद्धिक मर्यादा नहुने र यो सरकार रहेसम्म बुद्धिजीविहरु, डाक्टरहरु अपमानित भैरहनु पर्छ रु भन्दै सरकारको ध्यानाकर्षण गराए ।

गत जेठ २९ गते पुर्वाञ्चल विश्वविद्यालयको प्राध्यापक डा। महेश राज दाहाल माथि नेविसंघका कार्यकर्ताहरुले उनकै निवासमा पुगेर कालोमोसो दलेका थिए । सो घटनाको सर्वत्र आलेचना समेत भएको थियो । सो विषयलाई नै एमाले सांसद मैनालीले संसदमा कुरा उठाएका हुन् ।

त्यस्तै जेठको ३० गते नेपाल मेडिकल कलेजको आसियुमा डाक्टर, नर्स माथि भएको कुटपिटको घटनाको दोषिलाई कार्वाहि नभएकामो चिन्ता ब्यक्त गर्नुभयो । बारा १ मा तत्कालीन बहालवाला खानेपानी मन्त्री, गठबन्धनका साझा उम्मेदवार उमाकान्त चौधरीलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार ०६:१६