२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बजेटको नाममा पक्षपात र ठालूतन्त्रको अभ्यास भयोः सांसद सूर्य थापा

१ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गठबन्धनको नाममा बजेटमा संविधान विपरित काम गरेको आरोप लगाएका छन् ।  शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद थापाले भौतिक पूर्वाधार मन्त्रालयमा रकम एकमुष्ट नखुलाई नेताहरुको नाममा नेतापिच्छे बजेट परेको बताए ।

उनले भने, ‘गठबन्धनको नाममा संविधान विपरित काम गर्न पाईन्छ की पाईँदैन् ? यस्ता विषय र धेरै विषयहरुको लागि बजेट विनियोजन खास गरी भौतिक मन्त्रालयहरुमा एकमुष्ट शीर्षक नखुलेका एकमुष्ट रकमहरु छुट्याउने, नेता पिच्छे नेताहरुको नाममा २ पेजसम्मको कार्र्यक्रम परेको छ।

अझ बजेट नछुट्टाएको एकमुष्ट विनियोजन गर्ने र राख्ने संसदलाई छलेर संसदको आँखामा छारो हालेर आफु खुसी आफ्नो निर्वाचन क्षेत्रमा स्वार्थको योजनाहरुमा बजेट छुट्याउने जुन खालको रवैया छ यस्तो रवैया खेदजनक छ यो लोकतान्त्रिक हाईन्।

यो कुलिनतन्त्रलाई विर्साउने यो ठालूतन्त्र मुर्दावाद भन्न चाहन्छु । बजेटको नाममा जुनखालको पक्षपात र ठालूतन्त्रको अभ्यास भईरहको छ यसलाई सच्चाईयोस् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १३:३१