२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

जागिरकाे खाेजिमा हुनुहुन्छ ? नेपाल बैंकले माग्याे ४६ जना कर्मचारी

१ असार ,काठमाडाैं ।  नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेकाे छ ।  बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी माग गरेकाे हाे ।

बैंकले बागमती, गण्डकी, लुम्बिनी र कणाली प्रदेशमा रहेका शाखाहरुका लागि ३३ जना सहायक पद (चौथो तह)मा कर्मचारी भर्नाका लागि दरखास्त खुलाएको छ। यो पदमा दरखास्त दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।

यसैगरी बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका लागि सहायक पद (आईटी)मा ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ। यो पदमा पनि दरखास्त दिन सूचना प्रविधिकमा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ।

उता सहायक प्रबन्धक (सीए) पदमा बैंकले ८ जना कर्मचारी भर्ना गर्ने भएको छ। यसका लागि सीए वा एसीसीए उत्तीर्ण गरेको हुनुपर्नेछ। याेग्यता पुगेकाे इच्छुकले असार २१ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी भने असार २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : June 16, 2023 at 12:28 pm