प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम संसदीय समितिबाट सर्वमम्मतिले अनुमोदन
१ असार, काठमाडौँ । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ विशेष समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ ।
समितिको शुक्रबारको बैठकले कार्कीको नाम अनुमोदन गरेको समितिका सभापति पशुपतिशम्शेर जबराले दैनिकीलाई जानकारी दिए । योसँगै राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायधीश हुनेछन । कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाँदैछन ।
पछिल्लो आठ महीनादेखि कार्यबाहक प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको नेतृत्व गर्दै आएका कार्कीले प्रधानन्याधीशकै रूपमा भने छोटो समयमात्र काम गर्न पाउने भएका छन । न्यायाधीश कार्की विरुद्ध २९ वटा उजुरी परेका थिए तर तीै सबै उजुरी गलत भएको निष्कर्षसहित समितिले कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ११:०८