५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

अन्तिम काराेबारकाे दिन बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ११:०४