२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

अनेरास्ववियुले हिन्दी फिल्म ‘आदिपुरुष’ देशैभर प्रदर्शन हुन नदिने

१ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भारतीय विवादित चलचित्र ‘आदिपुरुष’ देशैभर चल्न नदिने चेतावनी दिएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल मार्फत फिल्मले गलत सन्देश नहटाए देशैभरका हलमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका हुन ।

अध्यक्ष बडालले काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले उठाएकाे अावाजमा समर्थन दिँदै चलचित्रको विवादित संवाद नहटाए देशैभर फिल्म चल्न नदिने चेतावनी दिए ।

अनेरास्ववियुका अध्यक्ष बडालले भनेका छन, ‘दक्षिण भारतीय फिल्म आदिपुरुष नेपालमा रिलिज नहुदै मिथिला राजकुमारी जानकीलाइ भारतिय छोरीको उपमा दिएर गलत सन्देश प्रबाह गरेको सन्देश काठमाण्डौका मेयर वालेन जि ले बाहिर ल्याउनु भएको छ । यस्ताे गलत सन्देश निर्माण पक्षले दिन खोजेको हो भने उक्त निर्माण पक्षको चलचित्र काठमाडाैंमा मात्र होइन देशैभरी चलाउन बन्द गर्नुपर्छ । तत्काल निर्माण पक्षले चलचित्रको उक्त भ्रामक सन्देश सच्याएर सहि सन्देश चलचित्र मार्फत दर्शकलाइ प्रस्तुत गर्न अनेरास्ववियु सम्बन्धित पक्षलाइ आग्रह गर्न चाहन्छ ।’

प्रकाशित मिति : June 16, 2023 at 10:43 am