१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

३० जेठ, काठमाडाैं । महालक्ष्मी विकास बैंकले आज जेठ ३० गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको ९ लाख ४७ हजार ३९२ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई ३५ दिनभित्र काठमाडाैंकाे दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ।

ताेकिएकाे अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रकाशित मिति : June 13, 2023 at 12:52 pm