५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशकाे कति ?

३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(मंगलवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको छ।

त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार ०९:५०