६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

समाजवादी प्रेस संगठनको अध्यक्षमा जगन्नाथ खतिवडालाई चक्मा दिँदै विश्वमणि सुवेदी विजयी

२८ जेठ, काठमाडौँ । सत्तारूढ पार्टी नेकपा एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनमा पार्टीका उपमहासचिव समेत रहेका प्रचार विभागका प्रमुखलाई चक्मा दिँदै विश्वमणि सुवेदीले अध्यक्षमा विजय प्राप्त गरेका छन । शनिबार मध्यरातमा भएको निर्वाचन पक्रियामा सुवेदीले पार्टीको प्रचार विभागको अनिच्छामै चुनावमा विजयी भएर देखाएका हुन ।

यो पनि पढ्नुहोस्

समाजवादी प्रेस संगठन गैरसरकारी संस्थाको रूपमा दर्ता, ठूलो भाग खान गएकाहरू ट्वाँ

माधव नेपालको पार्टीको प्रचारमा ‘छुचुन्द्रो’ छिरेपछि…!

प्रचार विभागका प्रमुखले निवर्तमान महासचिव भुपराज खड्काको नेतृत्वमा टिम बनाएर विजयी गराउने कोशिश गरेका थिए तर अध्यक्ष र महासचिव दुबै पदमा चक्मा दिँदै सुवेदी लाइन विजयी भएको छ । महासचिवमा रामकुमार एलन विजयी भएका छन । एलन भ्रष्टाचार मुद्दा खेपीरहेका पत्रकार हुन । उनको विरूद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधिन रहेको छ । खतिवडाले परामर्श गरेर उठाएका उम्मेदवारहरू अधिकांशले जित हाँसिल गरे पनि अध्यक्ष र महासचिवमा भने जित्न सकेनन् ।

यस्तो छ अन्तिम परिणाम
अध्यक्ष
बिश्वमणि सुबेदी :१४७ बिजयी
भुपराज खडका : ११९
मतान्तर :२८
राघव शाह:१५
खुला उपाध्यक्ष :
नवराज छत्कुल्ली : १५० बिजयी
राजेन्द्र कुवर :११६
मतान्तर : ३४
महिला उपाध्यक्ष :
अस्मिता गिरी : १७१ बिजयी
उर्मिला कुवर: ९०
मतान्तर :८१
उपाध्यक्ष सुदुरपश्चिम
नरेन्द्र भट्ट :१७४ बिजयी
मिन ठकुरी :८३
मतान्तर:९१
महासचिव :
रामकुमार एलन : १३९ बिजयी
हृदय भुसाल: १३०
मतान्तर : ९
उपमहासचीव :
प्रेम गौतम :१६४ बिजयी
प्रतिज्ञा बुढा मगर :१२२ बिजयी
लेखनाथ सिकारु: १३९ बिजयी
गोविन्द प्रसाद सुबेदी : ८०
धनराज बास्तबिक:८२
सबिन शर्मा : ७०
देवीप्रसाद सापकोटा :८२

सचीव (खुला) :
आशिष गुरागाइ : ८६
शिव प्रसाद ढुंगाना :११७ बिजयी
धनविर दाहाल : ६३
समर रोकाया: ४१
अनिल शाही : १३६ बिजयी
निर्मल अधिकारी : ७९
पुर्ण ब. कार्की : ८६ बिजयी
शिवलाल सुबेदी : ७२
तपेन्द्र कुवर : २५

सचिव (महिला) :
क्रान्ति न्यौपाने :१२८ बिजयी
रमा न्यौपाने : ४२
कालिका सिवाकोटी : १०२

सचिव (दलित) :
प्रदिप नेपाली : १५१ बिजयी
विष्णु रैगाइ : ८९

कोषाध्यक्ष :
रामचन्द्र बस्नेत : २७
कृपा भण्डारी : १३९ बिजयी
मधुकर लुइँटेल : ४०
जमुना गजुरेल : ६०

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार २०:२०