१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सरकारले शिक्षा क्षेत्रमा छुट्टयाएको बजेट अपर्याप्तः उपप्रधानमन्त्री श्रेष्ठ

२८ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय दक्षिण एशिया शिक्षक सम्मेलनमा उनले, सरकारले राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षामा छुट्याएको भन्दै त्यो प्रयाप्त नभएको बताएका हुन् ।

उनले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्त नभएको भन्दै नेपालमा मात्रै नभई विश्वभरी नै शिक्षा क्षेत्रलाई सरकारले कम बजेट छुट्याउने गरेको टिप्पणी गरे । शिक्षा क्षेत्रको विकास विना देशको समग्र विकासमा समस्या हुने उनको भनाई छ ।

नेपालको शिक्षा क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको उनको तर्क छ । नेपाल सरकारले शिक्षकको वृद्धि विकासका लागि धेरै खाले तालिम, वर्कशप र सेमिनार लागयत संचालन गरिरेहको भन्दै उनले भाविपुस्तालाई सक्षम रुपमा निर्माण गर्न शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षा जीवनका लागि हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १७:०५