२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राजनीतिलाई सफा नगरी देशलाई परिवर्तन गर्न सकिदैनः गृहमन्त्री श्रेष्ठ

२८ जेठ, काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाली राजनीतिलाई सफा नगरी देशमा परिवर्तन गर्न नसकिने बताएका छन् ।

आइतवार काठमाडौंमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली राजनीतिक व्यवस्था परिवर्तनका लागि निरन्तर छ दशक संघर्ष गरेर आएपनि देशमा चाहेजति परिवर्तन आउन नसक्नुमा राजनीतिक नेतृत्वको कमजोरी भएकाले नेतृत्वबाटै परिवर्तन आवश्यकता रहेको औंल्याए ।

उनले भने, ‘त्यो व्यवस्थामा राजनीतिक अन्तरनिहित कमजोरी होइन,राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्व गरेर त्यसलाई कार्यान्वयन गर्ने लिडरसिपको समस्या हो । त्यो सबभन्दा धेरै समस्या हामी राजनीतिक नेतृत्वर राजनीतिमा छ ।त्यसैले मैले आज भनिरहेको छु, राजनीतिलाई सफा नगरि यो देशमा परिवर्तन गर्न सकिन्न ।’

राजनीतिलाइ सफा गर्नको लागि पहिला नेतृत्वले जिम्मा लिनुपर्ने बताएका उनले युवालाई राजनीतिबाट भागेर नभइ राजनीतिलाई सहि नेतृत्वको लागि परिवर्तन गराउन भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

देशमा परिवर्तन सम्भव रहेको भन्दै उनले आम युवालाई बाहिर नजान आग्रह गर्दै देशमै बसेर काम गर्न अपील समेत गरे । ‘विवाह गर्नलाई समेत अस्ट्रेलिया होकि युएस हो भन्ने क्राइटएसिया बन्न थालेको छ । भौतिक परिवेशले जो एउटा अवस्था सृजना गर्छ,त्यो अन्तत गएर संस्कृति बन्छ र पछाडि भौतिक परिस्थिति परिवर्तन भएपछि पनि त्यो कल्चरलाई ठाउँमा ल्याउन फेरि गाह्रो पर्छ ।यहि अवस्थाबाट नेपाल गुज्रिरहेको छ । म के अपिल गर्न चहान्छु भने तपाईंहरु देशभक्त बनेर यो बाहिर जाने लहरका विरुद्ध गएर देशमै बसेर आफ्नो श्रम पसिना सिञ्चित गरी देशलाई फेर्ने संकल्प गर्नुहोला ’ उनले भने ।

उनले पश्चिमा राष्ट्रले समेत पूर्वीय संस्कृतिको राम्रा पक्षलाई आत्मसाथ गर्न थालेको उल्लेख गर्दै आफ्नो पूवीय संस्कार ,संस्कृति र मौलिकताको रक्षा गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १४:१०