३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, एक जना घाइते

२८ जेठ, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सञ्चार ग्राम नजिकै प्रहरीले गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारमा संलग्न व्यक्तिलाई गोली प्रहार गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले घटनाको पुष्टि गर्दै घाइतेको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइहरेको छ । उनले भने ‘सूचना विभाग नजिकै शम्भू मार्गमा लागू औषध कारोबारीलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ, गोली लागेर घाइते ती व्यक्तिको अहिले केएमसीमा उपचार भइरहेको छ । ’

यसबारे थप अनुसन्धान भइरहेको पनि प्रवक्ता कडायतले जानकारी दिए ।

प्रकाशित मिति : 12:59