५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

२८ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेदै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ११:५६