१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नेप्सेमा ३४ अर्ब ८१ करोड बाेनस सेयर सूचीकृत

२६ जेठ, काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को दश महिनामा  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ खर्ब ६६ अर्ब ४१ करोड बराबरको साधारण सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार साे अवधिमा ४५ अर्ब बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड बराबरको बोनस सेयर, ५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब १३ करोड बराबरको हकप्रद सेयरगरी कुल २८५ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब १ करोड बराबरको साधारण सेयर र २ अर्ब १५ करोड बराबरको हकप्रद सेयर गरी कुल ३७ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : June 9, 2023 at 2:01 pm