२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

प्रभु बैंकको २६ लाख ५० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारले पनि किन्न पाउने

२६ जेठ, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले आज जेठ २६ गतेबाट विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्रीमा ल्याएकाे

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधारण अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्री खुला गरेकाे थियाे । बैंकले संस्थापक सेयरधीकाे लागि साे सेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेपनि उक्त समयमा सेयरधनीबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएकाे छ ।

साे सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडाैंकाे बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : June 9, 2023 at 10:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/