२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमाले नेता मियाँ ५० हजार घुससहित पक्राउ

२३ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता एवं सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका- ५ का वडाध्यक्ष सब्दुल मिया शिक्षकसँग घुस लिँदै गर्दा पक्राउ परेका छन । २०७९ सालको स्थानीय तह निर्वाचनमा ८६६ मतसहित विजयी भएका मियाँ मंगलबार घुस खाँदै गरेको अवस्थामा पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँको साथबाट ५० हजार रुपैयाँ घुस बरामद गरेको छ । मियाँले विद्यालयको भवन निर्माणसँग सम्बन्धित कामका विषयमा शिक्षकसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।

मियाँले हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार २१:१३