२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नागरिकता विधेयकमा सत्तापक्षबाट मधेशलाई ठग्ने काम भयोः सांसद झा

२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी मात्र प्रमाणीकरण गरेको आरोप लगाएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा उनले सत्तापक्षबाट नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी प्रमाणीकरण गरेर मधेशलाई ठग्ने काम गरेको टिप्पणी गरे ।

उनले भने‘मधेश फेरि एकपटक ठगिएको छ सत्तापक्षबाट । नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी र मधेशलाई ठग्ने गरी प्रकृया गरियो ।’ उनले विधेयकलाई फेरि सदनमा छलफलका लागि ल्याउन माग गरे ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १४:४६