२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

योगेश भट्टराईको प्रश्नः मुलुकको जमिन साट्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?

२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकको जमिन साट्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुना साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बारेमा नेकपा एमालेको तर्फबाट धारणा राख्दै सांसद भट्टराईले लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेशको बाटो माग्ने अधिकार प्रधानमन्त्री दाहाललाई कसले दियो भन्ने प्रश्न गरे ।

उनले भने ‘ बंगलादेशसंगको फुलबारी नाकाको बाटो तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालआउँदा सहमति भइसकेको छ, कालापानी दिएर बंगलादेशसंगको बाटो लिने कुरा कहाँबाट आयो ?, प्रधानमन्त्रीलाई कसले कालापानी साट्ने अधिकार दियो । भारतसंग अहिले भएका धेरै सहमति नेकपा एमाले सरकार हुँदा भएका हुन्, नयाँ के छ अहिले ?’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:२४