२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले आज संसदलाई जानकारी गराउने

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिनिधि सभाको बैठकमा उनले हालै गरेको भारत भ्रमणमबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतसँगको सीमा विवाद समाधान गर्न बंगलादेश मोडल अपनाउन सकिनेबारे कुरा गरेको भन्दै जवाफ मागेका छन् ।

उक्त अभिव्यक्तिलाई लिएर एमालेले आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री दाहालले आज स्पष्ट पार्न लागेका हुन् ।

भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ११:३२