अाम नेपालीजनको समृद्धिका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इको शुभकामना
२ कात्तिक, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ ।

यसैगरी सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गरिएको छ ।
मुख्यमन्त्रीले सन्देशमा महान् पर्व बडादशैँले भिन्न–भिन्न जातजाति, भाषा, धर्म एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक, सद्भाव आपसी भ्रातृत्व कायम गर्न सफल रहोस् भन्ने कामनासहित बडादशैँको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : October 19, 2018 at 6:37 am







