२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

२१ जेठ, काठमाडौं ।  राष्ट्रिय सभाको बैठक भाेलि जेठ २२ गते सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक सोमबार अपराह्न १:०१ बजे बस्ने बताए।

आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।

प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति असहमति जनाउँदै एमालेका सांसदहरुले जवाफ समेत माग गरेका थिए ।  यो विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १४:२५