२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नागरिकता विधेयक भारत भ्रमणको समयमा प्रमाणीकरण हुनु संयोग मात्रः महासचिव गुरुङ

२१ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नगरिकता विधेयकको प्रकाणीकरणबारे भारत भ्रमणसँग जोडेर टिकाटिप्पणी गर्नु गलत भएको जिकिर गरेका छन् ।

आइतवार काठमाडौंमा आयोजित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, नागरिकता विधेयकलगायतका विषयमा अन्तर संवाद कार्यक्रममा महासचिव गुरुङले सदनले दुई दुई पटक पारित गरेर पठाईसकेपछि प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए ।

उनले भारत भ्रमणको समयमा नै प्रमाणीकरण गर्नुपर्ने भएकाले संयोग मात्र भएको स्पष्टीकरण दिए । उनले भने ‘नागरिकता विधेयकको सन्दर्भमा वैधानिक र कानुनी रुपले प्रमाणीकरण गर्नुको अर्को कुनै विकल्प थिएन । सदनले दुई दुई पटक पारित गरेर पठाईसकेपछि त्यो पारित गर्नुको विकल्प देखिदैन् । भारत भ्रमणको समयमा प्रकाणीकरण भएकोले कतिपयले भारत भ्रमणसँग जोडेर टिकाटिप्पणी गरे तर त्यो संयोगको कुरा मात्र हो ।’

उनले विधेयक प्रमाणीकरण संविधानसँग सम्बन्धित भएकाले बहस गर्न आवश्यक नरहेको बताए । संविधान निर्माण गर्दा दलका कोहि नेताले विमति नराखेको भन्दै अब विरोध गर्नुको कुनै औचित्य रहेको उनको भनाइ छ ।

उनले भने,‘यो २०७२ सालको संविधानमा नै व्यवस्था भएको कुरा हो । यो संविधानसँग जोडिएको कुरा हो । संविधान निर्माण गर्दा दलका कोहि नेताले विमति राख्नुभएन । नागरिकता विधेयक सम्बन्धि अन्तरवस्तुको बहस गर्नुको औचित्य देख्दिन किनकी ठीक भएनी नभएपनि संविधानसँग सम्बन्धित छ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १३:५८