२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरकारले ल्याएको बजेटमा पर्यटनमन्त्री किराँतीकाे असन्तुष्टिः भने म आन्दाेलनमा छु

१९ जेठ, काठमाडौं । सरकारद्वारा प्रस्तुत बजेटलाई लिएर पर्यटन मन्त्री सुदन किराँतीले असन्तुष्टि पोखेका छन् । शुक्रबार ललितपुरमा शिव प्रसाद घिमिरेद्धारा लिखीत ‘शून्यबाट सुरु भएको व्यापार अपार’ पुस्तक लोकापर्ण कार्यक्रममा उनले सरकारले ल्याएको बजेटमा आफू सन्तुष्ट नरहेको बताए ।

हवाईजहाजमा कर लगाउने निर्णयप्रति उनको असन्तुष्टि छ । ‘बजेट भाषणपछि म पनि सन्तुष्ट छैन् । भन्न मिल्छ की मिल्दैन म त आन्दाेलनमा छु । हवाईजहाजलाई पनि ट्याक्स लगाइयो । हवाईजहाजमा ट्याक्स लगाएर राज्यको आय स्रोत बढाउन हुने तर हवाईजहाज कम्पनि नै मासियो भने के हुन्छ । विभिन्न ढंगले राजस्व चुहावट भईरहको छ त्यता तिर ध्यान छैन् । राज्यको दुष्टिकोण पुरानो छ । कम्बरमा बाँधेको चावि निकालेर खाटको बाकस खोलेर घ्युको भुटुन झिकिदिने जमाना छ ।’

‘शून्यबाट सुरु’ पुस्तक लोकापर्ण गर्दै उनले यसले मानव समाजमा धेरै सम्भावना र ज्ञानलाई प्ररित गरेको भन्दै उनले सपनाको गन्तव्यमा पुग्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १६:२८