२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

१७ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा परराष्ट्र सचिव भरतराज पौड्यालसमेत सहभागी थिए ।

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्दैछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ११:४५