२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संसदीय समितिका सभापति चयनमा सभामुखको सात दिने अल्टिमेटम

१५ जेठ, काठमाडाैँ । संसदीय समितिका सभापति चयनमा दलहरू गम्भीर नबनेपछि सभामुख देवराज घिमिरेले सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ध्यानाकर्षण गराएका छन । उनले कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकमा संसदीय समितिको नेतृत्वबारे दलहरुको गम्भीर ध्यानाकर्षण गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुखले बैठकमा दलहरूलाइ सात दिनको अल्टिमेटम नै दिए । उनले भने, ‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ । सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन । तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’

यस्तो छ संसदको टाइमलाइन

-मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचन

-पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक

-चैत १९ गते प्रतिनिधि सभा नियमावली २०७९ पारित

-वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन

-जेठ २ गते प्रतिनिधि सभाका १० वटा विषयगत समितिको पहिलो बैठक, बैठकको सभापतित्व ज्येष्ठ सदस्यबाट

-जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० पारित, दुई संयुक्त समिति गठनका लागि बाटो खुला, तर, संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मात्रै मनोनयन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १५:१५