त्रिशुलीमा पाैडी खेल्दा विदुरका १९ वर्षीय सुवास भण्डारी वेपत्ता, खोजीका निम्ति गोताखोर बोलाइयो
१ कात्तिक, नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका १९ वर्षीय सुवास भण्डारी पाैडी खेल्नेक्रममा त्रिशुलीमा डुबेका छन । सुवासका दाजुपर्ने कृष्ण तिमल्सिनाका अनुसार दोहोर्याएर पाैडी खेल्न नदीमा पस्दा उनी वेपत्ता भएका हुन । चार जनाको समूहको युवाहरू पाैडी खेल्न गएका रहेछन, दोहोराएर नदीमा हामफाल्दा भाइ वेपत्ता भएछ, दाजु कृष्णले बताए ।

भण्डारी पाैडी खेल्न बुधबार दिउँसो नदीमा गएका थिए । नदी नजिकै भण्डारीहरूको कुखुराको फार्म रहेकाले उनी परिवारमा त्यहीँ फार्ममा जाने भनेर हिडेका थिए । दाजु कृष्णका अनुसार हिजो दिउँसभर स्थानीय र प्रहरीले खोजी गरे पनि सुवास नभेटिएपछि कुरिनटारबाट सस्शत्र प्रहरीको गोताखोर टोलीलार्इ बोलाइएको छ ।
प्रकाशित मिति : 06:16









