५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोशी प्रदेशसभाअगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप

१४ जेठ, विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको छ। विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।

प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ। आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । अहिले कोशीसभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १४:०९