१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

छुट्ला है ! नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

१४ जेठ, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख ३१ गतेदेखि विदेशमा रहेका नेपाली श्रमिकहरूका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो। उक्त आईपीओमा विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

प्रकाशित मिति : May 28, 2023 at 9:55 am