१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

ढोरपाटन नगरपालिकाका मेयर एमालेबाट निलम्बित

११ जेठ, काठमाडौं । सहकारीबाट सर्वसाधारणको रकम हिनामिना गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ । एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका उनले २ वटा छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

बुधबार एमालेका प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको जानकारि दिएको हो । विज्ञप्तीमा भनिएको लेखिएको छ, ‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुर्याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’ उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।

प्रकाशित मिति : 13:47