१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

बिहिबार सेयर बजार बन्द हुने

१० जेठ, काठमाडाैं । गृह मन्त्रालयले भोलि जेठ ११ गते बिहिबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडाैं, ललितपुर र भक्तपुरमा बिदा दिइएको जनाएको हाे।

सार्वजनिक बिदा दिइएकोले अब भोलि उपत्यकाका सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरु पनि बन्द रहनेछन्। सार्वजनिक बिदासँगै बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे सम्पूर्ण कारोबार बन्द हुने भएको हो। अब सेयर बजार आइतबार मात्रै खुल्नेछ।

प्रकाशित मिति : May 24, 2023 at 4:01 pm