२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

शरणार्थी प्रकरणमा तीन पार्टी बसेर गरेको खासखुस संसदसम्म ठासठुस आयोः रवि लामिछाने

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै सांसद लामिछानेले प्रधानमन्त्री दाहालको मुटु काम्न थालेको आफुलाई महसुस भएको बताए ।

उनले भने ‘प्रधानमन्त्रीजी तपाईले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।जस्ता जस्ता मानिसहरुको नामहरु आउँदैछ । एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी बसेर तपाईंहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस्।अपराध अनुसन्धानमा प्रोफाइलले हुँदैन फाइल हुन्छ,। काले काले मिलेर खाउँ भाले भएको हो कि! यसो हो भने जनताले सहेर बस्दैन।’

प्रकाशित मिति : May 24, 2023 at 2:33 pm