२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

उपेन्द्र यादवको प्रश्नः प्रदेशलाई अधिकार नदिई संघीयता कसरी बलियो हुन्छ ?

१० जेठ, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार नदिई संघीयता कसरी बलियो हुन्छ भन्ने प्रश्न उठाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद यादवले अमुर्त काल्पनिक र मीठा शब्द भरेर मात्र पनि राष्ट्र निर्माण हुन नसक्ने बताए ।

उनले भने ‘ संघीय निजामति ऐन रोकेर वा ढिलाई गरिदिएर प्रशासन र कर्मचारीको अवस्था प्रदेशमा कहिले पूरा गर्ने, आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिईकन र केन्दमा रहेका संघीय सरकारले संघीय मन्त्रालयहरुलाई आफ्नो मुठ्ठीमा राखेका क्षेत्राधिकारलाई जो संविधानका लेखिएको छ प्रदेशलाई नदिईकन संघीयता कार्यन्वयन हुन्छ र ? तर यो नीति तथा कार्यक्रममा त कही छैन त ? अनि यो काल्पनिक कुरा गरेर त हुँदैन त, अमूर्त काल्पनिक कुरा र मिठा शब्दले भरेर राष्ट्रको निर्माण गर्न सकिदैन् । ’

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १४:२५