१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

थप एक कम्पनीको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

१० जेठ, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीकाे हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ ।  फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

साविकका नेपाल एग्रो लघुवित्त र इन्फिनिटी लघुवित्तबीच एकआपसमा मर्ज भई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट २०७८ भदौ ४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हुनाले आयकर ऐनअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको सेयरमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको तर उक्त मितिपश्चात् भएको सेयर कारोबारबाट प्राप्त सेयरको बोनस सेयरमा लाभकर लाग्ने हुँदा २० प्रतिशत बोनस सेयरको कर वापतको रकम जम्मा गरे पश्चात मात्रै बोनस सेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइने संस्थाले जानकारी दिएको छ ।

शेयरधनीहरुले संस्थाको खाता रहेको सनराइज बैंक लिमिटेड, कमलपोखरी काठमाडौंको खाता नं. ०६९०३७१११४७०१०३३ मा खाताको नाम ‘एसआरसिएल इन्फिनिटी बोनस ट्याक्स ०७८।७९’ मा रकम जम्मा गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : May 24, 2023 at 12:39 pm